
नवलपुरको कावासोतीमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती १६ कुमारी टोल स्थित भित्री सडक खण्डमा नम्बर नखुलेको माटेरसाइकलले पैदल यात्री कुमारी टोल निवासी ५५ बर्षीय रुकमान परियारलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते उनको उपचारको क्रममा मध्यविन्दु प्रोदशिक अस्पताल डण्डामा उपचारको क्रममा आज साँझ मृत्यु भएको हो । मोटरसाइकल र मोटरसाइकल चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ । त्यसैगरी आज विहान नवलपुरको कावासोती ८ खरकट्टा पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार डण्डाबाट नारायणगढतर्फ छुटेको ना ४ ख ७७७६ नम्बरको बस तिव्र गतिका कारण आफै अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् । घाइतेहरु मध्ये केहीको चितवन र केहीको कावासोतीमा उपचार भईरहेको छ । त्यसैगरी हिजो साँझ चोरमारामा मोटरसाइकल र ट्रक एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते भएका छन् ।