मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 15 August, 2025
Invalid date format १५:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीमा लम्पी स्किनविरुद्ध एक लाख २० हजार पशुमा खोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o३:oo

बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि आगामी सोमबारदेखि आइतबारसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार प्रदेशका १३ वटै जिल्लामा सञ्चालन हुने यस अभियानअन्तर्गत एक लाख २० हजार गाईभैँसीलाई खोप दिने लक्ष्य राखिएको छ । मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. रामप्रकाश प्रधानका अनुसार लम्पी स्किन रोगको कुनै ठोस उपचार नभएकाले रोकथामका लागि खोप नै प्रभावकारी उपाय हो ।

उनका अनुसार रोग लागेपछि गाईभैँसीमा उच्च ज्वरो आउने, शरीरमा गाँठा देखिने, खुट्टा सुन्निने, हिँड्न गाह्रो हुने, दुध उत्पादन ८० प्रतिशतसम्म घट्नेलगायतका लक्षण देखापर्छन् । अघिल्लो आर्थिक वर्षमा प्रदेशभर ७१ हजार ९७७ वटा पशुलाई खोप दिइएको थियो । ०७७ साल असारमा नेपालमा पहिलोपटक प्रमाणित भएको यो रोग हालसम्म सबै ७७ जिल्लामा फैलिएको छ । सरकारले यसबाट ७५ अर्ब ४८ करोड रुपैयाँबराबरको आर्थिक क्षति भएको अनुमान गरेको छ। यस वर्ष साउनदेखि भदौसम्म बागमतीका मकवानपुर, सिन्धुली, काभ्रे र चितवनमा मात्र ७४ पशुको मृत्यु र एक हजार ६३३ पशु प्रभावित भएका छन् ।

यस वर्षको अभियानअन्तर्गत ललितपुरमा १० हजार, काभ्रेमा १४ हजार, नुवाकोट र सिन्धुलीमा १२ हजार ९१२ हजार, दोलखामा ६ हजार, चितवनमा ३० हजार, धादिङमा ११ हजार, मकवानपुरमा २५ हजार पशुमा खोप दिइनेछ । बागमतीमा हाल ११९ स्थानीय तहअन्तर्गत ६ लाख ९४ हजार २१७ गाई र पाँच लाख ४९ हजार १८२ भैंँसी रहेका छन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले किसानलाई हुने सम्भावित क्षति न्यूनीकरण गर्न अग्रिम तयारीस्वरूप खोप अभियान ल्याइएको बताए । अभियानको औपचारिक शुभारम्भ भदौ १ गते ललितपुरको कोन्ज्योसोम गाउँपालिका–  १ बाट गरिने मन्त्रालयले जनाएको छ ।