मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ३० शुक्रबार १७:५२:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

मोक्षदा गजलवाचनमा वेद विद्याश्रम प्रथम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार १७:५२:oo

मोक्षदा स्कुलले १६०औँ मोतीजयन्तीको अवसर पारेर आयोजना गरेको उपत्यकाव्यापी आठौँ अन्तरस्कुल मोतीराम स्मृति रनिङ सिल्ड गजलवाचन प्रतियोगितामा नेपाल वेद विद्याश्रम संस्कृत मावि प्रथम भएको छ। शुक्रबार मोक्षदा स्कुलमा आयोजित सो प्रतियोगितामा वेद विद्याश्रमका छात्र पंकज बिनाडीले प्रथम स्थान हासिल गरेका हुन्।

वरिष्ठ गजलकार रवि प्राञ्जलको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा भ्याली भ्यु स्कुलकी सिरिना शर्मा, काठमाडौं प्रज्ञाकुञ्जका प्राज्ञ सिवाकोटी र एम्बिसन एकेडेमीकी आयुष्मा काफ्ले क्रमशः द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गर्न सफल भएका थिए। प्रतियोगितामा काठमाडौं उपत्यकाभित्रका तीनै जिल्लाका २२ विद्यालयका प्रतिनिधि छात्रछात्राको सहभागिता रहेको थियो।

विजयी छात्रछात्रालाई प्रमुख अतिथि गजलकार प्राञ्जल, विद्यालयका प्रधानाध्यापक ठाकुर तिमल्सेना, प्रोग्रेसिभ एजुकेसनल फोरमकी अध्यक्ष सीता भट्टराई, अनाम मण्डलीका अध्यक्ष रूपक अलंकारलगायतले नगद पुरस्कार, प्रमाणपत्र, पदक तथा ट्रफी हस्तान्तरण गरेका थिए।

वरिष्ठ गजलकार रवि प्राञ्जललाई अभिनन्दन गरिएको सो कार्यक्रममा प्रभाती किरण, राधा कँडेल, रूपक अलंकार, योगेन्द्र पौडेल, लेखनाथ दाहाललगायत कवि तथा गजलकारहरूले नेपाली भाषा–साहित्यको श्रीवृद्धिमा मोतीराम भट्टको योगदानबारे चर्चा गर्नुका साथै गजल तथा कवितावाचन गरेका थिए। कार्यक्रम मोक्षदा स्कुलकी शिक्षिका यूथिका खनालले सञ्चालन गरेकी थिइन्।