
नवलपुरमा घरायसी विवादका कारण श्रीमान्–श्रीमतीबिच विवाद हुँदा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ३, उदयटारीनिवासी ५० वर्षीय महेन्द्र पौडेलले घरायसी विवादमा आफ्नै श्रीमती ४७ वर्षीया गोमा पौडेलको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार आज बिहान साढे १० बजेतिर उनले तरकारी काट्ने चक्केले आफ्नै श्रीमतीको घाँटी रेटी हत्या गरेका हुन् । हत्यामा संलग्न श्रीमान् महेन्द्र पौडेललाई चक्कुसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद काफ्लेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । घटनास्थल अस्थायी प्रहरी चौकी सर्दीबाट दुई किलाेमिटर पूर्वमा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेका कारण हत्याको यथार्थ कारण खुल्न बाँकी रहेको नवलपुर प्रहरीले जनाएको छ ।
मृतक गोमा ग्रिन फाउन्डेसन नेपाल नवलपुरकी जिल्ला उपाध्यक्ष हुन् ।