मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ३० शुक्रबार १५:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुलिङ पिरियडको छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार १५:४३:oo

सभामुख देवराज घिमिरेले कुलिङ पिरियडबारेको छेडखानी छानबिन गर्न गठित विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि पठाउन प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिएका छन्।

संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा कुलिङ पिरियडको विषयमा छेडखानी भएपछि छानबिनका लागि विशेष समिति गठन भएको थियो। उक्त समितिको प्रतिवेदन कार्यान्वयनका लागि सभामुखले सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संघीय संसद् सच‍िवालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन निर्देश गरेका हुन्।