मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अहिलेको डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:१९:oo

प्रधानमन्त्री केपी ओलीले आफूले पनि एआई प्रविधिको भरपूर प्रयोग गरिरहेको बताएका छन् । शुक्रबार आयोजित डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आफूले एआई सजिलै प्रयोग गर्ने गरेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजिपिटीले सबै भन्दिहाल्छ। तर, हुर्कँदै गर्दा अरू कुरा पनि सिकाउनुपर्छ। म एआईको भरपूर उपयोग गर्छु। च्याटजिपिटीलाई सोध्यो भने सबै भन्दिहाल्छ।’

यस क्रममा उनले कलिला बालबालिकालाई मोबाइलबाट जोगाउनुपर्नेमा जोड दिए। उनका अनुसार अहिलेका बालबालिका मोबाइलमा गेम खेल्नेतर्फ मात्रै आकर्षित भइरहेका छन्, जसका कारण उनीहरूलाई थप सिर्जनात्मक काममा लगाउन आवश्यक छ।

‘बालबालिकालाई मोबाइलबाट जोगाउने अवस्था आइसकेको छ। मोबाइल यस्तो भयो-जे खोजे पनि पाइन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले यो आकर्षणको केन्द्र बनेको छ। यसमा केवल गेम मात्र होइन, अरू कुरा पनि छन्। सानो उमेरमै बच्चालाई यसबाट जोगाउनुपर्छ।’