मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
२o८२ श्रावण २८ बुधबार १८:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँकेमा २२ लाख अवैध रुपैयाँ र १५ ग्राम ब्राउन सुगर बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार १८:४९:oo

बाँके प्रहरीले २२ लाख अवैध रुपैयाँ र १५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जको टोलीले मंगलबार राति नेपालगन्ज उपमहानगरपालिका– १४, भवनियापुरबाट उक्त रकम र लागुऔषध ब्राउन सुगर बरामद गरेको बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए।

भावनियापुरका २८ वर्षीय रमेश लोनियाको घरमा खानतलासी गर्ने क्रममा नेपाली र भारतीय नोट गरी कुल २२ लाख ३ हजार ९१५ नेपाली रुपैयाँ र ब्राउन सुगर बरामद गरेको उनले बताए। प्रहरीका अनुसार लोनियाको घरबाट प्रहरीले सुनचाँदीका विभिन्न गरगहना, ५ थान खुकुरी, २ थान मोटरसाइकल र १० वटा मोबाइल पनि बरामद गरेको छ।

पक्राउ परेका लोनियाले दिएको बयानको आधारमा थप ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। भारी परिमाणमा लागुऔषध र रुपैयाँ बरामद भएकाले उक्त समूह लागुऔषधको कारोवारी भएको अनुमान प्रहरीले गरेको छ।