मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 14 August, 2025
कमल खत्री म्याग्दी
Invalid date format १८:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म्याग्दीमा बाेलेराे जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
Invalid date format १८:१२:oo

म्याग्दीको मालिका गाउँपालिका– ५ मा बुधबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

दरबाङ–रुन्म भित्री सडक खण्डअन्तर्गत ठुलो ढाटरमा भएको दुर्घटनामा जिपमा सवार मालिका गाउँपालिका– ५ की ४३ वर्षीया छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परेर जिपका चालक चन्द्र पुन, जिपमा सवार यात्रु सिर्जना घर्ती र भविराज फगामी घाइते भएका छन्। घाइतेहरूको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ।

मालिका गाउँपालिकाको केन्द्र दरबाङदेखि रुन्म जाँदै गरेको ग २ च ४३९२ नम्बरको बोलेरो जिप सडकबाट अनियन्त्रित भएर करिब ४० मिटर तल खसेको हो। दुर्घटनापछि दरबाङ इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा अनुसन्धानको लागि खटिएको छ।