मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
गणेश लम्साल विराटनगर
२o८२ श्रावण २८ बुधबार १५:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनसरीमा सेफ्टी ट्यांकीभित्र घर बनाउने ठेकेदार र मजदुरको शव फेला

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार १५:o२:oo

सुनसरीको दुहबी नगरपालिका– ४, शिव मन्दिर चोकमा घर बनाउने ठेकेदार र मजदुरको शव सेफ्टी ट्यांकीभित्र फेला परेको छ।

स्थानीय चन्द्रिका रौनियारको नयाँ बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र बुधबार बिहान १० बजेतिर घर बनाउने ठेकेदार दुहबी– २ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय मजदुर रमेश राईको शव फेला परेको हो।

बुधबार बिहान स्थानीयले सेफ्टी ट्यांकीभित्र दुईजनाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव निकालेर फरेन्सिक विज्ञहरूबाट मुचुल्का उठाउने काम भइरहेको सुनसरी प्रहरीका डिएसपी योगराज खतिवडाले बताए।

हाल घटनाको इलाका प्रहरी दुहबीका इन्स्पेक्टर सागर तिमिल्सिनाको टोलीले अनुसन्धान गरिरहेको छ। स्थानीयले ठेकेदार तामाङ र मजदुर राईलाई कसैले हत्या गरेर अपराध लुकाउन शव सेफ्टी ट्यांकीभित्र हालेको आशंका गरेका छन्।