मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format ११:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख पुरस्कार दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format ११:१६:oo

म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन–१७) का बान्टमवेट च्याम्पियन, नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको छ।

भारतलाई हराउँदै उपाधि जितेका ढाँटलाई प्रोत्साहनस्वरूप पाँच लाख रुपैयाँ दिने निर्णय भएको प्रधानमन्त्री केपी ओलीले जानकारी दिएका छन्। बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई पाँच लाख र उनका प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको बताए।

पहिलोपटक नेपाललाई यो उपाधि दिलाउन सफल ढाँटलाई प्रधानमन्त्री ओलीले बधाई दिएका छन्। यसअघि मंगलबार काठमाडौं महानगरले उनलाई दुई लाख रुपैयाँ प्रदान गरेको थियो। यस्तै, बझाङका विभिन्न स्थानीय तहहरूले समेत नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेका छन्।

साउन १७ गते राति भारतको नोयडामा भएको प्रतिस्पर्धामा भारतीय प्रतिस्पर्धीलाई पराजित गर्दै ढाँट एमएफएन बान्टमवेट च्याम्पियन बनेका थिए।