मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वराष्ट्रपति भण्डारीलाई छेक्ने निर्णय सच्याउन कोशी प्रदेशबाट दबाब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:५८:oo

एमाले कोशी प्रदेश कमिटीको बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीको निर्णय सच्याउन प्रदेश सदस्यहरुले दबाब दिएका छन्।

मंगलवार ४० सदस्यहरुले धारणा राखेकोमा ८ जना प्रदेश सदस्यहरुले सदस्यता नवीकरणको निर्णय सच्याउनुपर्ने पक्ष÷विपक्षमा धारणा राखे भने बाँकी सबै मौन बसेका एक सदस्यले जानकारी दिए। जसअनुसार डिबी कार्की मोरङ, रोशन बस्नेत भोजपुर, अञ्जु पाण्डे, सुनसरीले सदस्यता नवीकरण नगर्ने गलत निर्णय नसच्याए पार्टीका लागि दूर्भाग्य हुने चेतावनी दिए। त्यस्तै, भोजपुरका अध्यक्ष मकर खड्काले समस्या नटुंग्याए मिसन ८४ मा गम्भीर असर पर्ने चेतावनी दिए। उनी पूर्वराष्ट्रपति भण्डारीको गृह जिल्लाका अध्यक्ष पनि हुन्।

त्यस्तै, खड्ग राई संखुवासभा, होम थापा, निर्मला शिबाकोटी र मातृका भट्टराई झापाले भने पूर्वराष्ट्रपति जस्तो गरिमामय व्यक्ति राजनीतिमा आउन नहुने भन्दै विपक्षमा धारणा राखेका थिए। बाँकी बोल्नेमध्ये कसैले पनि पूर्वराष्ट्रपतिको पक्ष÷विपक्षमा कुनै धारणा राखेनन्। पार्टी अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले नै सदस्यताको च्याप्टर क्लोज भएकाले बोल्नेमाथि कारवाही गर्ने बताउँदै आएको र सोहीअनुसार निर्देशन दिएकाले पनि भण्डारीको पक्षमा रहेका अत्याधिक बहुमत सदस्य मौन बस्न नै रुचाएको एक सदस्यले बताए।

भोजपुर अध्यक्ष खड्काले केन्द्रीय कमिटीको पछिल्लो निर्णयले कार्यकर्ताहरुमा अन्योल सिर्जना गरेको भन्दै संवादबाट समस्या हल गर्दै पार्टीलाई एकताबद्ध बनाउन नसके मिसन ८४ को लक्ष्य पूरा हुन नसक्ने चेतावनी दिए। उनले भण्डारीलाई सदस्यता नदिने निर्णयको नाम र निर्णय लिएर बिरोध वा समर्थन केही पनि नगरे पनि केन्द्रीय कमिटीको निर्णयबारे तल्लो तहका कार्यकर्ताहरुले अनेकन प्रश्नहरु गर्ने गरेको भन्दै यही अबस्थाबाट अगाडि बढ्न खोजे अबको चुनावमा पार्टीको पोजिसन कमजोर हुनसक्ने चेतावनी दिए।

अर्का प्रदेश सदस्य रोशन बस्नेतले पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता नदिने निर्णयप्रति केन्द्रीय कमिटी बैठकमा नेताहरुले राखिएको नोट अफ डिसेन्टलाई अपानीमा उल्लेख नगरिएको विषयप्रति गम्भीर आपत्ति जनाएका थिए। उनले भण्डारीको पक्षमा बोल्ने नेता–कार्यकर्ताहरुमाथि धम्की आउने गरेको भन्दै आपत्ति जनाए। ‘कतिपय नेताहरुले तल्ला कमिटीमा थर्काउने र नोटिसमा राखिएको छ भन्ने अभिव्यक्ति दिने गर्नुभएको छ, त्यसको अर्थ थर्काइएकै हो, यसरी पार्टी चल्दैन, मेरो गम्भीर आपत्ति छ’ बस्नेतको भनाई थियो।

उनले सम्मानजनक रुपमा भण्डारीको सदस्यता कायम गर्न माग पनि गरे। ‘जसले ल्याएको नीतिले, विचारले यो पार्टी चलेको छ, आज त्यो पार्टीको परिवारको सदस्यलाई तेजोबोध गर्ने, हिलो छ्याप्ने काम नेतृत्व तहबाटै गरिएको छ, त्यो खेदजनक छ। र, त्यस्ता आपत्तिजनक व्यबहार सच्याएर सदस्यतासम्बन्धि निर्णय अविलम्ब सच्याउन माग गर्दछु,’ बस्नेतले भने।

महासचिव शंकर पोखरेलले बैठकको उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीको सदस्यतासम्बन्धी विषय केन्द्रीय कमिटीको बैठकले नै टुंग्याइसकेकाले अब विधान महाधिवेशनमा पनि छलफल नहुने बताएका थिए। उनले छलफल नै हुन नसक्ने विषयमा नअल्झिन प्रदेश कमिटीमा ध्यानाकर्षण पनि गराएका थिए।