मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
ताप्लेजुङमा जारी फुटबल प्रतियाेगिता हेर्न जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम आइपुगेका दर्शक ।
Invalid date format १९:१८:oo
Read Time : > 1 मिनेट
विश्व

ताप्लेजुङमा चुलिँदो फुटबल क्रेज 

दैनिक पाँच हजारभन्दा बढी दर्शक उपस्थित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१८:oo

पूर्वी नेपालको पहाडी जिल्ला ताप्लेजुङमा केही वर्षयता फुटबलप्रति युवाको आकर्षण बढ्दो छ । विद्यालयदेखि गाउँस्तरका प्रतियोगितासम्म, फुटबल अब मनोरञ्जन मात्र नभई प्रतिभा प्रदर्शन र भविष्य निर्माणको माध्यम बन्दै गएको छ । 

ताप्लेजुङको फुङलिङ, मेहेले, सिद्धिङवा, दोभान, सिंवा जस्ता क्षेत्रका युवाहरू बिहान बेलुकी खेल मैदानमा भेटिन्छन् । केही वर्षअघिसम्म सीमित मात्रामा हुने फुटबल गतिविधिहरू अहिले गाउँपालिका, वडास्तर र विद्यालयस्तरसम्म फैलिएको छ । विशेषगरी सामाजिक सञ्जालको प्रभाव, स्थानीय क्लबहरूको सक्रियता र राष्ट्रिय खेलाडी बन्ने प्रेरणाले यहाँका युवाहरूलाई फुटबलप्रति झन् नजिक बनाएको छ । 

स्थानीय क्लबहरूको योगदान, दर्शकहरुको माया
ताप्लेजुङमा स्थापित विभिन्न युवा क्लबहरू संर्घष स्पोट्र्स क्लब फुङलिङ, तेल्लोक स्पोटिङ् क्लब तेल्लोक, मानाभरा युवा क्लब सावादिन, जलजले युवा क्लब साँघुलगायतले नियमित प्रशिक्षण, लिग प्रतियोगिता तथा अन्तरजिल्ला प्रतियोगितामा सहभागी भई खेलको विकासमा भूमिका निभाइरहेका छन् ।यसले प्रतिभाशाली खेलाडीहरूलाई चिनिने अवसर प्रदान गरेको छ ।

ताप्लेजुङका कुनै पनि गाउँमा फुटबल प्रतियोगिता भयो भने हजारौं दर्शकहरू हुने गरेको छन् । अहिले सञ्चालन भईरहेको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा दैनिक पाँच हजारभन्दा बढी दर्शकहरू उपस्थित भएर फुटबलको अवलोकन गरिरहेका छन् भने फाइनल खेल ३१ साउनमा १५ हजार दर्शकको अपेक्षा आयोजक समितिले गरेको छ ।  

महिला सहभागिता समेत बढ्दो
रोचक कुरा के छ भने दर्शकका रुपमा महिला खेलाडीहरूको सहभागिता पनि उल्लेख्य रुपमा बढेको छ । विद्यालयस्तरमै आयोजना हुने छात्रा फुटबल प्रतियोगिताले किशोरीहरूलाई फुटबल खेल्न थप हौसला प्रदान गरिरहेको छ । अभिभावकहरूको सोचमा आएको परिवर्तन र विद्यालयको सहयोगले महिला फुटबलले पनि गति लिएको छ । 

चुनौती र सम्भावना
यद्यपि, सुविधासम्पन्न मैदान, खेल सामग्री, प्रशिक्षकको अभाव जस्ता चुनौतीहरू अझै बाँकी छन् । तर, स्थानीय तह, विद्यालय, संघसंस्था तथा युवाहरूको लगनशीलताले यी चुनौतीहरू हटाउने सम्भावना बलियो देखिन्छ । खेल मैदान नभए कै कारण विद्यालयका खेलमैदानमा ठुला–ठुला प्रतियोगिता भइरहेका छन् ।  बन्दै गरेका खेलमैदान अलपत्र आवस्थामा छन् । 

उदयीमान प्रतिभा
केही खेलाडी हाल काठमाडाैं, धरान, विराटनगर जस्ता स्थानमा प्रशिक्षण लिने क्रममा छन् । उनीहरूले भविष्यमा ताप्लेजुङको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चम्काउने सम्भावना छ । फुटबललाई माध्यम बनाएर स्वास्थ्य, सामाजिक एकता, र सम्भावनाको बाटोमा अघि बढिरहेको ताप्लेजुङ अब खेलकुदमै पनि छुट्टै पहिचान बनाउने दिशामा अगाडि बढिरहेको छ ।