मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
Invalid date format १७:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवरुद्ध कालीगण्डकी करिडोर नियमित सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४o:oo

पहिरोका कारण शनिबारदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ खण्ड मंगलबार बिहानदेखि नियमित सञ्चालनमा आएको छ।

करिडोरको बागलुङ–बलेवा खण्डअन्तर्गतको बागलुङ नगरपालिका–१३, पैयुँपाटा कालाखोलामा माथिबाट आएको चट्टानसहितको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। अवरुद्ध सडक खुलाउन आइतबार बिहानै प्रयास गरिए पनि ठुलो पहिरो रहेका कारण सोमबार बेलुका मात्र एकतर्फी रूपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।

‘सोमबार साँझ एकतर्फी रूपमा सडक सञ्चालनमा आएको थियो, पछि फेरि ट्रक फसेपछि रोकियो,’ प्रहरी निरीक्षक थापाले भने, ‘पुनः स्काभेटरको सहयोगले ट्रक निकालेपछि अहिले मंगलबार बिहानदेखि एकतर्फी रूपमा नियमित यातायात सञ्चालनमा आएकाे छ।’

पुरानो सडक पूर्ण रूपमा पुरिएको कडा चट्टान र नयाँ ट्र्याक खोल्नुपर्ने भएकाले सडक सञ्चालन गर्न दुईवटा स्काभेटरलाई दुई दिन लागेको उनले बताए। कालीगण्डकी आयोजना र निर्माण कम्पनीसँग समन्वय गरेर सडक सञ्चालनमा ल्याइएको हो। साँघुरो सडक भएका कारण ठुला यातायातका साधन फस्ने सम्भावना बढी छ। 

सडक अवरुद्ध हुँदा दक्षिण बागलुङको सिधा यातायात टुटेको थियो। बलेवा क्षेत्र, जैमिनी र बरेङबाट सदरमुकाम आउने यातायातका साधन ठप्प भएका थिए। करिडोरको यस खण्डमा दब्लाङको पहिरोले पनि समय-समयमा सताउँदै आएको छ।