मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २७ मंगलबार १४:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘कारागारभित्र मानव अधिकार नामको केही चिज हुन्छ कि हुँदैन ?’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार १४:४o:oo

सांसद रूपा सोशी चौधरीले कारागारभित्र मानव अधिकार नामको केही चिज हुन्छ कि हुँदैन ? भनेर प्रश्न गरेकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो कुरा राख्दै उनले कैलाली कारागारमा जुन घटना भयो त्यो लज्जास्पद र दुःखद भएको उल्लेख गरिन् ।

उनले नाम ‘कारागार, घटना रक्तपातपूर्ण’ भन्दै यो केवल झडप मात्र नभएर कारागार प्रशासन प्रणालीको विफलता भएको उल्लेख गरिन् । १५० जना क्षमताको कारागारमा सात सय कैदी र बन्दी राखेर के गर्न खोजेको ? भन्दै प्रश्न गरिन् । मानव अधिकारले ग्यारेन्टी कसले लिने ? भनेर सरकारलाई प्रश्न गरिन् । 

सुरक्षा घेरामा रहने बन्दीहरू झडप गर्दासम्म प्रशासन किन मौन बस्यो भन्दै उनले सुरक्षा घेराभित्रका मान्छेको त सुरक्षा हुन नसक्दा सर्वसाधारण जनताले कसरी सुरक्षाको प्रत्याभूति गर्ने भनेर प्रश्न गरिन् । घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही गर्न उनले आग्रह गरिन् ।