मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 12 August, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १४:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपचारको क्रममा कैदीको मृत्यु, आफन्तले गरे प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:११:oo

वीरगन्ज कारागारका एक कैदीको उपचारको क्रममा मृत्यु भएपछि परिवारजन र आफन्तले अस्पतालअगाडि प्रदर्शन गरेका छन्।

मंगलबार बिहान नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज महानगरपालिका– २५ का २८ वर्षीय राहुल साह तुराहाको बिहान १० बजे मृत्यु भएपछि उनीहरूले प्रदर्शन गरेका हुन्। कारागार प्रशासनका अनुसार मृतक तुराहा कर्तव्य ज्यान मुद्दामा विगत पाँच वर्षदेखि वीरगन्ज कारगारमा कैद सजाय भुक्तानी गरिरहेका थिए। 

प्रहरी र स्थानीय प्रशासनको लापरबाहीका कारण राहुलको मृत्यु भएको भन्दै आफन्तले अस्पतालअगाडिको सडकमा टायर बालेर प्रहरी–प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। प्रहरीले राहुललाई उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा बिहान ८ः३० बजे ल्याएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए।

उनका अनुसार राहुलको मुखबाट रगतसहितको फिँज निस्किइरहेकाले अवस्था निकै जटिल भएका कारण उनलाई आइसियूमा राखेर उपचार गर्नुपर्ने थियो। तर, अस्पतालमा आइसियू वार्ड खाली नभएका कारण डाक्टरले अन्यत्र लैजान कुरुवालाई सुझाएका डा. सिंहले बताए।

त्यसपछि डाक्टरले रिफरको कागज बनाएर पनि प्रजिअसँग सल्लाह गरेर नारायणी अस्पतालमै आइसियूको व्यवस्थापन गरेर थप उपचार गर्ने क्रममा राहुलको मृत्यु भएको डाक्टर सिंहले बताए।

कारागारमा हर्ट अट्याक भएर नारायणी अस्पतालमा पुर्‍याइएका कैदी राहुलको उपचारका क्रममा मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए। उनका अनुसार कारागार प्रशासनले नारायणी अस्पतालको आकस्मिक कक्षमा पुर्‍याएका कैदी राहुलको स्वास्थ्य अवस्था निकै जटिल थियो।