
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसमक्ष ११ बुँदे माग राखेको छ । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार कार्यकारी निर्देशक शाक्यलाई भेट्दै विगतदेखि नै उठाउँदै आएका माग छिटो पूरा गरिदिन आग्रह गरेको हो ।
इप्पानले उठाएको मागमा टेक एन्ड पे पिपिए खारेज हुनुपर्ने, आरसिओडी म्याद थप गर्ने, खेर जाने विद्युत्को व्यवस्थापन र कन्टिन्जेन्सी व्यवस्था खारेज गर्ने, विनासर्त २८ हजार पाँच सय मेगावाटको लक्ष्य हासिल गर्न पिपिए खुलाउनुपर्ने तथा १० मेगावाटसम्मको पिपिएलाई यथाशीघ्र सुचारु गर्नुपर्ने छन् ।