Skip This
ताप्लेजुङ गोल्डकप : भारतीय टोलीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 11 August, 2025
Invalid date format १८:४४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ताप्लेजुङ गोल्डकप : भारतीय टोलीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४४:oo

ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ‘ताप्लेजुङ गोल्डकप’ फुटबल प्रतियोगितामा ललितपुरको चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा चर्च ब्वाइजले भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

खेलको सुरुवाती १०औं मिनेटमै चर्च व्वाईजका मिडफिल्डर मनिष जर्घाले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलभर उक्त अग्रतालाई कायम राख्न चर्च ब्वाइजले सशक्त रक्षात्मक रणनीति अपनाउँदै सो गोललाई नै जीतको आधार बनायो।

खेलको पहिलो हाफमै भारतका प्रितम वैद्यले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो, जसले टिमको समग्र प्रदर्शनमा असर पुगेको थियो। एक खेलाडी कम हुँदा पनि सिलिगुडीले गोल गर्ने प्रयत्न नगरेको होइन। तर, चर्च ब्वाइजको डिफेन्स र गोलरक्षक विश्वास चौधरीको प्रदर्शनले त्यसलाई गोलमा परिणत हुन दिएन।

उक्त खेलमा चर्च ब्वाइजका गोलकिपर विश्वास चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए। पुरस्कारस्वरूप उनलाई नगद ७ हजार रुपैयाँ प्रदान गरिएको छ।

सेमिफाइनल समीकरण तय हुँदै
सोमबारको जितसँगै चर्च ब्वाइजले बुधबार हुने पहिलो सेमिफाइनल खेलमा सुनसरीको ‘द यङ ब्रदर्श क्लब’सँग प्रतिस्पर्धा गर्ने भएको छ। यसअघि नै सुनसरी र झापाको रेडस्टार फुटबल क्लबले प्रतियोगिताको पहिलो चरण पार गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।

मंगलबार हुने अन्तिम क्वार्टरफाइनल खेलमा सिरहाको सलहेश युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब आमनेसामने हुनेछन्। उक्त खेलपछि सेमिफाइनलका खेल सकिने आयोजकले बताएको छ। प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुने छ।