Skip This
जग्गाको पुर्जा बनाउन १३ हजार घुस खाने कलंकी मालपोतका कर्मचारी रंगेहात पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 11 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जग्गाको पुर्जा बनाउन १३ हजार घुस खाने कलंकी मालपोतका कर्मचारी रंगेहात पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३५:oo

जग्गाको पुर्जा बनाउन १३ हजार रुपैयाँ घुस खाने कर्मचारीलाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं १३ मा रहेको जग्गा हालसाबिक गरी नयाँ पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको अवस्थामा अख्तियारले नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई रंगेहात पक्राउ गरेको हो।

अख्तियार टोलीले नापी कार्यालयका प्रमुखको दुईवटा र सर्वेक्षकको एउटा मोबाइल पनि जफत गरेको छ। कार्यालय सहयोगी कुँवरको एउटा मोबाइल पनि अख्तियारले नियन्त्रणमा लिएको छ।

रंगेहात पक्राउपछि अख्तियारले थप छानबिन तथा अनुसन्धान पनि अघि बढाएको छ।