
भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धरालीमा २० साउनमा भएको हिमपहिरोमा ८ जना नेपाली अझै बेपत्ता छन्। उत्तराखण्डकै पौरी गढवालको बगुडामा पहिरोमा २१ साउनको पहिरोमा हराएका ५ जनामध्ये एकजनाको शव भेटिएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले धरालीबाट १३ नेपालीहरूको जीवितै उद्धार भएको र पौरी गढवालबाट उद्धार भएका पाँचजनामध्ये पाँचजनाको जीवितै उद्धार भएको जानकारी दिए।
‘पौरी गढवालमा उद्धार भएकामध्ये तीनजना उपचारपछि फर्केका छन् भने दुईजना अस्पतालमा उपचाररत छन्। बेपत्ता पाँचजनामध्ये एकजनाको शव भेटिएको, तर सनाखत हुन बाँकी रहेको पौडेलले बताए।
‘नेपाली राजदूतावासले उत्तराखण्ड सरकारसँग समन्वय गरिरहेको छ र बेपत्ता नेपालीहरूको खोजीका लागि अधिकतम प्रयास भइरहेको छ,’ परराष्ट्र प्रवक्ता क्षेत्रीले नयाँ पत्रिकासँग भने।