
महोत्तरीस्थित रातु नदीमा आइतबार आएको बाढ़ीले बगाउँदा महोत्तरी गाउँपालिका ३ डाम्ही निवाशी वृज मोहन ठाकुरका ३५ वर्षीय छोरा चन्दन ठाकुरको मृत्यु भएको छ । नदी तर्ने क्रममा उनको डुबी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मृतक ठाकुर डिजेल खरीद गरि डामहीतर्फ जाने क्रममा बलवा नगरपालिका ३ बदिया स्थित रातु नदीमा निर्माणाधीन झुलङ्गे पुलको अन्तिम छोरमा अस्थायी रुपमा लगाइएको बॉसको लचकामा साइकल काँधमा बोकी जाने क्रममा साइकलसहित नदीमा खसेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक नन्दकिशोर चौहानले बताए ।
उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको उनले बताए । मृतक ठाकुरलाई नदीमा पानी अत्यधिक रहेकोले नदी पार नगर्न स्थानीय ले आग्रह समेत गर्दा उनी नमानेको स्थानीयलाई उद्धरित गर्दै प्रहरीले जनाएको छ ।