Skip This
तप्लेजुङमा नयाँ उद्यम र रोजगारीमा वृद्धि
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
२o८२ श्रावण २५ आइतबार १९:४o:oo
Read Time : > 1 मिनेट
अर्थ

तप्लेजुङमा नयाँ उद्यम र रोजगारीमा वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार १९:४o:oo

हिमाली जिल्ला ताप्लेजुङमा नयाँ उद्यम र रोजगारी वृद्धि भएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष ०८१/८२ मा ताप्लेजुङमा ४१७ जनाले नयाँ रोजगारी पाएका छन् ।

कार्यालय सूचना अधिकारी तथा उद्यम विकास सहजकर्ता नवीन भट्टराईले गत आर्थिक वर्षमा २३० पुरुष र १८७ महिला गरी कुल ४१७ जना रोजगारी क्षेत्रमा प्रवेश गरेका छन् । यस्तै, आर्थिक वर्ष ०८१/८२ मा ५३ पुरुष र ५० महिला गरी १०३ जना नयाँ उद्यमी थपिएका छन् । नयाँ उद्यमीको सहभागितासँगै रोजगार सिर्जनामा उल्लेख्य वृद्धि देखिएको कार्यालयका सूचना अधिकारी भट्टराईले जानकारी दिए । 

गत आर्थिक वर्षमा ताप्लेजुङमा कुल ९२ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी ४९ वटा कृषि तथा वनजन्य उद्योग छन् । यस्तै, पर्यटन क्षेत्रतर्फ १६, सेवामूलक १५, निर्माण सात, उत्पादनमूलक तीन र सूचना प्रविधिमूलक दुई उद्योग दर्ता भएका छन् । उर्जामूलक तथा खनिजजन्य उद्योग भने गत वर्ष दर्ता भएका छैनन् ।

भट्टराईका अनुसार हालसम्म ताप्लेजुङमा उद्योग क्षेत्रतर्फ दुई हजा ३१५ र वाणिज्यतर्फ ८७९ उद्योगको दर्ता अभिलेखमा छ । आव ०७८/८२ मा १८४ उद्योग नवीकरण भएका छन् भने दुईवटा उद्योगले स्थान सारी, पाँचवटाले उद्देश्य थप, सातवटाले पुँजीवृद्धि र आठ उद्योगले नाम परिवर्तन गरेका छन् ।

यस अवधिमा एक करोड ७६ लाखबराबरको पुँजी थपिएको छ । उद्योग प्रशासनसम्बन्धी क्रियाकलापमा ६ वटा नामसारी, आठवटा लगत कट्टा, एक उद्योगका लागि सुविधा सिफारिस र अन्य एक सिफारिस प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । 

राजस्व संकलनतर्फ गत आर्थिक वर्ष कार्यालयले १७ लाख ७ हजार ६४३ रुपैयाँ संकलन गरेको छ । जसमा प्रशासनिक शुल्कबाट ३ लाख ६५ हजार १००, व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट ११ लाख ८३ हजार ८५०, र अन्य बिक्रीबाट एक लाख ५८ हजार ६९३ रुपैयाँ आम्दानी भएको हो । यसैगरी, आव ०८१/०८२ मा ६१ जनालाई उपयुक्त प्रविधि सहयोग गरिएको छ भने विभिन्न १२ शीर्षकका २० तालिमबाट ३१७ जनालाई विभिन्न सिप हस्तान्तरण गरिएको कार्यालयले जानकारी दिएको छ ।