मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 10 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १३:३८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

हिमाली जीवनको कथा बोल्ने चलचित्र ‘शेर्वा- द लाइफ अफ हिमालय’ बन्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १३:३८:oo

शेर्पा समुदायको साहसिक जीवन र सांस्कृतिक सम्पदालाई पर्दामा उतार्ने नेपाली चलचित्र ‘शेर्वा – द लाइफ अफ हिमालय’ बन्ने भएको छ।

सन् २०२६ मा अन्तर्राष्ट्रिय रूपमा प्रदर्शनमा आउने गरी उक्त चलचित्रको निर्माण भइरहेको हो। निर्माण पक्षका अनुसार चलचित्रले हिमाली जनजीवनको यथार्थलाई पर्दामा भावनात्मक र दृश्यात्मक रूपमा प्रस्तुत गर्नेछ । अभिनेता बुद्धि तामाङ चलचित्रको मुख्य भूमिकामा रहनेछन् ।

चलचित्रको निर्देशन कर्मा शेर्पा र दुर्लभ जन्तरेले संयुक्त रूपमा गरेका छन्। फिल्मको कथा कर्मा शेर्पाले लेखेका हुन्। यस्तै, पटकथा सुमन गजमेर, छायांकन रञ्जित श्रेष्ठ, संगीत संयोजनमा अटल राई र गायनमा सचिन राई छन्। शेर्पा फिल्म्सको प्रस्तुति र डके एक्सपिडिसनको सहकार्यमा निर्माण गरिएको चलचित्र अहिले पनि निर्माणकै चरणमा छ ।

यसबाट हिमाली समुदायको वास्तविक प्रतिनिधित्व र नयाँ कलाकारको उदयलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको कर्मा शेर्पाले बताए । ‘हाम्रो उद्देश्य सिंगो हिमाली समाजको कथा संसारभर पुर्‍याउनु हो,’ निर्देशक शेर्पाले भने, ‘जहाँ साहस, संस्कृति र आत्मबल मिसिएको जीवन पाइन्छ।’ चलचित्रलाई विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी गराउने योजनासमेत रहेको अर्का निर्देशक दुर्लभ जन्तरे बताए ।

‘शानदार छायांकन, मौलिक संगीत र यथार्थ कथावस्तुमा आधारित यस चलचित्रले नेपाली सिनेमामा दुर्लभ विषय उठाउँदैछ,’ जन्तरेले भने, ‘शेर्वा – द लाइफ अफ हिमालय’ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि सहभागी हुने फिल्म बन्नेछ । उनले हिमालजत्तिकै विशाल भावनात्मक गहिराइ बोकेको यस फिल्मले दर्शकको मन छुने विश्वाससमेत व्यक्त गरे ।