Skip This
राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकीमा १३ महिनामा फेरिए पाँच सिइओ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २४ शनिबार
  • Saturday, 09 August, 2025
पवन तिमिल्सिना काठमाडाैं
२o८२ श्रावण २४ शनिबार १o:o९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकीमा १३ महिनामा फेरिए पाँच सिइओ

बुढीगण्डकीबाट जगत श्रेष्ठ अवकाश भएपछि मन्त्री खड्काले ४ जनालाई नियुक्त गरिसके

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २४ शनिबार १o:o९:oo

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनामा १३ महिनामा पाँचजना प्रमुख कार्यकारी अधिकृत (सिइओ) फेरिएका छन् । शुक्रबार बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा इन्जिनियर अरुण रजौरियाले पद तथा गोपनीयताको शपथ लिएका छन् । १३ महिनाभित्र जिम्मेवारी सम्हाल्ने उनी पाँचौँ सिइओ हुन् ।

२५ असार ०८१ मा जगतकुमार श्रेष्ठको कार्यकाल सकिएयता कम्पनीको सिइओ पद अस्थिर बनेको हो । श्रेष्ठको नियमित कार्यकाल सकिएपछि तुरुन्तै खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गर्नुको सट्टा मन्त्री खड्काले आफूअनुकूलका व्यक्तिलाई पद बाँड्ने, तर स्वार्थ पूरा नभए तुरुन्तै जिम्मेवारी खोस्ने कारण बुढीगण्डकीको नेतृत्वमा अस्थिरता छाएको हो ।

श्रेष्ठको कार्यकाल सकिएको १३ महिनासम्म खड्काले नै एकपछि अर्को कर्मचारीलाई काजमा खटाएर पदपूर्तिमा रुचि देखाएका थिएनन् । श्रेष्ठ बिदा भएको करिब एक महिनापछि गत वर्ष १८ साउनमा मन्त्रालयका तत्कालीन सहसचिव मधुप्रसाद भेटवाललाई मन्त्री खड्काले आयोजनाको सिइओको जिम्मेवारी दिएका थिए । भेटवाल सचिवमा बढुवा भएपछि उक्त पद स्वत: रिक्त बन्यो ।

त्यसपछि खड्काले मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतलाई आयोजनाको सिइओ बनाए । तर, चटौतसँग पनि मन्त्री खड्काको स्वार्थ मिलेन र गत १ जेठमा चटौतलाई मन्त्रालयमा तानेर अर्का सहसचिव जीवछ मण्डललाई आयोजनामा पठाएका थिए ।

मण्डललाई निमित्त सिइओ तोकेर पठाएपछि गत २४ असारमा मात्रै कम्पनीको सिइओ नियुक्तिका लागि दरखास्त खुलाइएको थियो । त्यसपछि धनकुटाका राजु श्रेष्ठ, दाङका अरुण रजौरिया, तनहुँका पवन अधिकारी र गोरखाका कृष्णसिंह बस्नेत छनोट सूचीमा परेका थिए । यीमध्ये रजौरियालाई खड्काले नियुक्त गरे । उनलाई शुक्रबार मन्त्री खड्काको उपस्थितिमा कम्पनीका अध्यक्ष तथा ऊर्जा सचिव सुरेश आचार्यले शपथ गराएका छन् । 

रजौरियालाई शपथ गराउँदै ऊर्जामन्त्री खड्काले बुढीगण्डकीजस्तो बृहत् र रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्ने मोडमा रहेको बताउँदै अब स्पष्ट कार्ययोजनासहित गुणस्तरीय प्रगति देखिने गरी अघि बढ्न निर्देशन दिए ।

मन्त्री खड्काले आयोजनामा पारदर्शिता, दक्षता र समयपालनाको सुनिश्चितता आवश्यक रहेको बताए । उनले रजौरियासँग तीन दशक लामो व्यावसायिक अनुभव भएकाले आयोजनालाई गति दिने भन्दै प्रशंसा गरे ।