Skip This
नेसनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २३ शुक्रबार
  • Friday, 08 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २३ शुक्रबार १४:३६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेसनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २३ शुक्रबार १४:३६:oo

‘रिडिफाइनिङ सक्सेस’ भन्ने नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स धुलिखेलस्थित होटेल दूषित थानी हिमालयन रिसोर्टमा सम्पन्न गरेको छ।

आ.व. ०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरूलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बिमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी आगामी वर्षको लागि स्पष्ट खाका कोर्ने उद्देश्यले कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरेको हो।

सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी १५० जनाभन्दा बढीको सहभागिता थियो। सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष सिंहले जीवन बिमा व्यवसाय प्रतिस्पर्धात्मक हुँदै गइरहेको स्थितिमा आफ्नो दक्षता र मिहिनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्वलाई आत्मसात् गरी तोकिएको व्यावसायिक लक्ष्य पूरा गर्ने सबै कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरिन्।

सांगीतिक प्रस्तुति तथा कर्मचारीहरूबिच टग अफ वार, फुटसल प्रतियोगिताजस्ता मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको सो सम्मेलनमा आ.व. ०८१/८२ मा उत्कृष्ट ठहरिएका शाखा कार्यालयहरूलगायत वार्षिक लक्ष्य पूरा गर्ने शाखा कार्यालयहरू र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरूलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए।