
बिहीबार बेलुका बानेश्वर चोकमा भएको दुर्घटनामा स्कुटरचालक युवतीको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका– ३१ स्थित सडकमा बा.५८ प ६०५१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक भक्तपुर चाँगुनारायण नगरपालिका– ३ घर भएकी २९ वर्षीया ईशा गिरीको मृत्यु भएको प्रहरीले जनाएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।