मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २० मंगलबार
  • Wednesday, 06 August, 2025
२o८२ श्रावण २० मंगलबार १४:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्षाले मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २० मंगलबार १४:३९:oo

लगातारको वर्षाका कारण पहिरो जाँदा मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द भएको छ । उक्त सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका– ३, बाख्रेभिरमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए। 

रिडी–तम्घास सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ । त्यसैगरी, आज बिहानदेखि अवरुद्ध बनेको कालीगण्डकी करिडोर, रिडी–वामीटक्सार र रिडी–खर्ज्याङ सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारूले जानकारी दिए ।

तीन दिनदेखि गुल्मीसहित आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।