
विद्यालय जान घरबाटसँगै हिँडेका दाजुबहिनी पाँच दिनपछि मृत फेला परेका छन्। १५ साउनमा विद्यालय जान भनेर घरबाट हिँडेका दाजुबहिनी पाँचथरको याङवरक गाउँपालिका– १, बिरुवा खोलामा मृत अवस्था फेला परेका हुन् ।
पाँचथर प्रहरी प्रमुख डिएसपी कौशलकुमार बुढाथोकीका अनुसार १० वर्षीय शिशिर राई र उनकी चार वर्षीया बहिनी नानुमा राई आज मंगलबार बिहान बिरुवा खोला किनारमा मृत अवस्थामा फेला परेका हुन् । घटनाको गहन अनुसन्धान थालेको र मृतक दाजुबहिनीको शव परीक्षणका लागि पठाएको प्रहरीले जनाएको छ ।