
लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्ष सञ्चालनमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट ०८१’ बम्पर योजनाको विजेता घोषणा गरेको छ । उक्त योजनाको विजेता बनेको कुबेर कन्स्ट्रक्सन प्रालिले हुन्डाई भेन्यु १.२ प्राप्त गरेको छ । विजेता घोषणा कार्यक्रम हुन्डाईका प्रतिनिधिका साथै विजेता कन्स्युमार आई नेपालकी अध्यक्ष विमला खनालको संयोजकत्वमा सम्पन्न गरिएको थियो ।
कम्पनीले दसैँ–तिहारको अवसर पारी गत ६ भदौदेखि २३ कात्तिकसम्म योजना सञ्चालन गरेको थियो । योजनामा ग्राहकलाई आकर्षक नगद छुट, एक लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड, एक वर्षको सडक कर भुक्तानी, एक वर्षको कम्प्रेहेन्सिभ बिमालगायतका सुविधा प्रदान गरेको थियो ।