मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:१६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

नेपाल प्रहरीले पहिलोपटक महिला प्रहरी सम्मलेन गर्दै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:१६:oo

महिला प्रहरीको क्षमता सबलीकरण र महिलामैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल प्रहरीले पहिलोपटक महिला प्रहरी सम्मेलन आयोजना गर्ने भएको छ। देशभरि कार्यरत सबै तहका महिलालाई काठमाडौंमा भेला गरी सम्मेलन आयोजना हुन लागेको हो। 

प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार आगामी ५ र ६ भदौमा महिला प्रहरी सम्मेलनको तयारी भइरहेको छ। आन्तरिक तयारी भइरहेको भए पनि औपचारिक घोषणा भइनसकेको उनले बताए।

सम्मेलनका लागि अपराध अनुसन्धान विभागका एआइजी राजन अधिकारीको नेतृत्वमा आयोजक समिति गठन गरिएको छ । समितिमा डिआइजी सञ्जीव शर्मा दास, एसएसपीहरू सानुराम भट्टराई, तारादेवी थापा र वसन्त रजौरे र एसपी ऋषिराम कँडेल सदस्य छन् भने एसपी बसुन्धरा खड्कालाई सदस्यसचिव तोकिएको छ । लैंगिक समानता र लैंगिक न्यायलाई मूल प्रवाहीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । देशभरिबाट करिब दुई सय महिला प्रहरी भेला गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयभित्रै हुन लागेको सम्मेलनअन्तर्गत अनुभव आदान–प्रदानदेखि प्यानल छलफलसम्मको तयारी छ । 

सम्मेलन आयोजना समितिका संयोजक एआइजी अधिकारीका अनुसार नेपाल प्रहरी लैंगिक नीति ०८१ कार्यान्वयनको क्रममा यो कार्यक्रम गर्न लागिएको हो । नेपाल प्रहरी लैंगिक नीति राष्ट्रियस्तरको महिला प्रहरी सम्मेलन गर्ने उल्लेख छ । 

‘नेपाल प्रहरीमा महिलाहरूको ठुलो योगदान छ, सम्मेलनमार्फत उहाँहरूको भूमिकालाई अझै सबल बनाउने र संगठनले लिएको नीतिलाई प्रभावकारी बनाउन हामीले यो सम्मेलन आयोजना गर्न लागेका हौँ,’ एआइजी अधिकारी भन्छन्, ‘महिलामैत्री सेवाप्रवाह पनि यो सम्मेलनको मूल मुद्दा हो।’ महिला प्रहरीको क्षमता अभिवृद्धि र उनीहरूले भोगेका समस्या समाधान पनि सम्मेलनको उद्देश्यमा छ। 

नेपालमा ००८ सालदेखि महिला प्रहरी भर्ना भएका हुन्। पहिलो महिला प्रहरी चैत्यमाया डंगोल पनि सम्मेलनमा सहभागी हुनेछिन्। हाल महिला प्रहरीको संख्या १२ प्रतिशत पुगेको छ। विशिष्ट तहको पदमा दर्जन महिला पुगिसकेका छन्। 

अवकाशप्राप्त महिला प्रहरीको अनुभव सुन्नेदेखि सफल महिलालाई सम्मान गर्नेसम्मका कार्यक्रम सम्मेलनमा राखिएको छ। महिला प्रहरीका समस्या सुन्ने र त्यसलाई समाधानका लागि पनि यो सम्मेलन प्रभावकारी हुने एक प्रहरी अधिकारी बताउँछन्।