मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
Invalid date format १७:१३:oo
Read Time : > 1 मिनेट
प्रवास

न्यु जर्सीकी दिया श्रेष्ठ बनिन् ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१३:oo

न्यु जर्सीकी दिया श्रेष्ठले ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ को ताज जितेकी छिन्। न्युयोर्कको मेलरोज बलरुममा शनिबार राति सम्पन्न यस समारोहमा उनले आफ्नो सौन्दर्य, बौद्धिकता र आत्मविश्वासले निर्णायक र दर्शकको मन जित्दै प्रतिष्ठित उपाधि हात पारेकी हुन्।

ड्रिम्स युनिभर्सलको प्रस्तुति र हेल्दी च्वाइस एस्थेटिक हस्पिटलको मुख्य प्रायोजनमा सम्पन्न यस वर्षको प्रतियोगितामा अमेरिकाभरिबाट १७ जना प्रतिभाशाली नेपाली युवतीहरूले सहभागिता जनाएका थिए। तीव्र प्रतिस्पर्धाका बाबजुद कृष्मा सुवेदी फर्स्ट रनरअप र टेक्ससकी आर्या कोइराला सेकेन्ड रनरअप घोषित भए।

मेलरोज बलरुमको माहोल साँझभर उत्साहपूर्ण र रंगीन रह्यो। चर्चित कोरियोग्राफर सदीक्षा श्रेष्ठको कुशल निर्देशनमा प्रतिस्पर्धीहरूले आत्मविश्वासपूर्ण प्रस्तुति दिएर दर्शक र निर्णायकको मन जिते। कार्यक्रमका विभिन्न नृत्य तथा सांगीतिक प्रस्तुतिहरूले नेपाली कला र संस्कृतिको सुन्दर झलक दिँदै वातावरणलाई झन् उत्सवमय बनाएका थिए।

सञ्चालकद्वय सुरेश शाही र सागरिका श्रेष्ठको रोचक शैलीले प्रतियोगितालाई थप जीवन्त बनायो।

निष्पक्ष मूल्यांकनका लागि नेपाल र अमेरिकाबाट ख्यातिप्राप्त व्यक्तित्वहरू सम्मिलित निर्णायकमण्डल गठन गरिएको थियो। निर्णायकमा अभिनेत्री आँचल शर्मा, अभिनेता प्रदीप खड्का, अनुपबिक्रम शाही, व्यवसायी राजेन्द्र श्रेष्ठ, बासु फुलारा, दिनेश सेनक्चुरी, जुबिली शेर्पा, डा. दिलाशा न्यौपाने र स्निहा श्रेष्ठ सम्मिलित थिए।

यो उपाधिसँगै दिया श्रेष्ठले अब नेपालमा आयोजना हुने ‘मिस नेपाल २०२६’ मा सिधै प्रतिस्पर्धा गर्ने ऐतिहासिक अवसर पाएकी छिन्। यो उनको लागि राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता र प्रतिभा देखाउने महत्वपूर्ण खुड्किलो हुनेछ।

कार्यक्रमका संस्थापक शैलेन्द्र श्रेष्ठका अनुसार, ‘मिस नेपाल नर्थ अमेरिका’ केवल सौन्दर्यको उत्सव मात्र नभई महिला सशक्तिकरण र नेपाली पहिचानको अभियान पनि हो। हाम्रो लक्ष्य अमेरिकामा रहेका नेपाली युवतीहरूलाई अन्तर्राष्ट्रिय स्तरको मञ्च प्रदान गर्नु भएको उनलेे बताए । जहाँ उनीहरूले आफ्नो नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक उत्तरदायित्व देखाउन सकून्। यो नेपाली महिला शक्तिको उत्सव हो।