मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १९ सोमबार
  • Monday, 04 August, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण १९ सोमबार १६:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थायी समितिले गुटबन्दी अन्त्य गर्ने सामूहिक संकल्प र प्रतिबद्धता गरेको छः अध्यक्ष ‘प्रचण्ड’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण १९ सोमबार १६:५४:oo

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकले पार्टीभित्रका सबै किसिमका गुटबन्दी अन्त्य गर्ने सामूहिक संकल्प र प्रतिबद्धता गरेको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आज सम्पन्न भएको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले पार्टीलाई एकताबद्ध गर्दै फेरि जनतामा जाने र मुलुकमा देखिएका बेथितिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिए । रासस