मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:१२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनचाँदीको मूल्य बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:१२:oo

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन प्रतितोला एक लाख ९६ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेर दुई हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी दुई हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।