
सभामुख देवराज घिमिरे र प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकबिच बैठक जारी छ । संसद् भवनमा बसेको बैठकमा भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाको अवरोध, सदन सञ्चालनलगायत विषयमा छलफल भइरहेकाे छ ।
१ बजे बस्ने प्रतिनिधिसभा बैठकको अवरोध हटाउने विषयमा पनि छलफल हुने बताइएको छ ।