मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:o९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बझाङ माथिल्लो सेती जलविद्युत्मा जुट्यो लगानी

कुमारी बैंकको अगुवाइमा १४ बैंकले २९ अर्ब १२ करोड लगानी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:o९:oo

सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने दुई सय १६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सहमति भएको छ । 
साइपाल गाउँपालिका वडा नं ४ र ५ मा निर्माण हुने उक्त आयोजनाका लागि कुमारी बैंकको नेतृत्वमा तथा एनएमबि बैंकको सहनेतृत्वमा माछापुच्छ्रे  बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सन्राइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एसिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसिएफसी फाइनान्ससहितको सहवित्तीय व्यवस्थापनमा औपचारिक रूपमा सहमति भएको हो ।

यी संस्थाले २९ अर्ब १२ करोड लगानी गर्नेछन् । कुमारी बैंक र आयोजनाको प्रवद्र्धक कम्पनी समृद्धि इनर्जीबिच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रवद्र्धक कम्पनी समृद्धि इनर्जीका अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरे । 

४१ अर्ब ६० करोड लगानीको यस आयोजनाको आवश्यक वित्तीय पूर्वतयारी र ड्यु डिलिजेन्स स्टडीसमेत सम्पन्न भइसकेको छ । आयोजनाको ३० प्रतिशत स्वपुँजी प्रवर्द्धक कम्पनी समृद्धि इनर्जीले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ ।