मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
सइद शाह
शिवम पटेल
जान आइरिस
इद्रिस अली
नुर अजना सानुसी
Invalid date format o९:४६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कसरी खसाल्यो पाकिस्तानले भारतीय लडाकु विमान ?

हामीले गरेको अन्तर्वार्ताअनुसार रफाल खसालिनुको मुख्य कारण भारतीय गुप्तचरीको त्रुटि थियो, न कि विमानको कमजोरी

Read Time : > 2 मिनेट
सइद शाह
शिवम पटेल
जान आइरिस
इद्रिस अली
नुर अजना सानुसी
नयाँ पत्रिका
Invalid date format o९:४६:oo

मेको बिहानै पाकिस्तान वायु सेनाको अपरेसन्स कक्षमा भारतको सीमापार आकाशमा दर्जनौँ शत्रु विमानको स्थिति रातो बत्तीमा देखियो । सम्भावित भारतीय आक्रमणको आशंकामा एअर चिफ मार्सल जाहिर सिद्दु केही दिनदेखि सोही कक्षनजिक सुतेका थिए । भारतले कास्मिर आतंककारी हमलाको दोष पाकिस्तानलाई दिएको थियो, जसमा २६ सर्वसाधारण मारिएका थिए ।

पाकिस्तानले संलग्नता अस्वीकार गरे पनि भारतले बदला लिने चेतावनी दिएको थियो र अन्ततः ७ मेको बिहानको हवाई आक्रमणमा देखियो । र, सिद्दुले चिनियाँ जे–१० सी जेट उडाउन र फ्रेन्च रफाल लडाकु विमानलाई तारो बनाउन निर्देशन दिए, जुन युद्धमा कहिल्यै नखसेको भारतको प्रमुख विमान हो । अँध्यारोमा करिब एक घण्टा चलेको सो संघर्षमा एक सय १० विमान संलग्न थिए र यसलाई दसकौँको सबैभन्दा ठुलो हवाई युद्ध भन्न सकिन्छ ।

जे–१० ले कम्तीमा एक रफाल खसालेको रोयटर्सले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएको थियो । यसले चिनियाँ सैन्य उपकरणको प्रभावकारितामाथि विश्वको ध्यान तान्यो र पश्चिमा प्रविधिमाथि प्रश्न उठायो । रफाल बनाउने कम्पनी डसाउका सेयर सो रिपोर्टपछि घट्यो । रफाल खरिदको अर्डर गरिसकेको इन्डोनेसियाले पनि अब जे–१० खरिदको सम्भावना अध्ययन गरिरहेको बतायो, जसले चिनियाँ लडाकु विमानलाई अन्तर्राष्ट्रिय बजारमा ठुलो फाइदा दिलाउनेछ ।

रोयटर्सले दुई भारतीय र तीन पाकिस्तानी अधिकारीसँग गरेको अन्तर्वार्ताअनुसार रफाल खसालिनुको मुख्य कारण भारतीय गुप्तचरीको त्रुटि थियो, न कि विमानको कमजोरी । भारतले चीन निर्मित पिएल–१५ क्षेप्यास्त्रको दायरा एक सय ५० किमि मात्र भएको ठानेको थियो, जसले रफाल पाइलटलाई झुक्यायो । तर, पिएल–१५ करिब दुई सय किमि टाढाबाट प्रक्षेपण गरिएको पाकिस्तानी अधिकारीको भनाइ छ । पाकिस्तानी अधिकारीले ‘हामीले उनीहरूलाई घेरा हालेका थियौँ’ भन्ने दाबी गरेका छन् । पाकिस्तानले भारतीय प्रणालीमा इलेक्ट्रोनिक हमला पनि गरेको बताइएको छ, यद्यपि भारतले यसको प्रभावकारिता अस्वीकार गरेको छ । 

भारतले रफाल खसालिएको औपचारिक रूपमा स्विकारेको छैन, तर फ्रान्सका वायुसेनाप्रमुख र डसाउ कार्यकारीले यसको पुष्टि गरेका छन् । पाकिस्तानले भने, ‘हतियारभन्दा बढी हाम्रो तयारी र संकल्प महत्वपूर्ण हो’ भन्ने धारणा दोहो¥याएको छ । चीन, डसाउ र सुखोइ निर्माताले प्रतिक्रिया दिएका छैनन् ।

रोयटर्सले आठ पाकिस्तानी र दुई भारतीय अधिकारीसँग कुरा गरेर ७ मेको हवाई संघर्षको विवरण तयार ग¥यो, जसले आणविक शक्तिसम्पन्न भारत–पाकिस्तानबिच चार दिन लामो तनावको सुरुवात गर्‍यो । अधिकारीका अनुसार पाकिस्तानसँग केवल क्षेप्यास्त्र दायरामा मात्रै फाइदा थिएन, उसले स्थल, आकाश र अन्तरिक्षमा रहेका सेन्सर जोडेर ‘किल चेन’ नामक आधुनिक युद्ध संयन्त्र बनाएको थियो । ‘डाटा लिंक–१७’ नामक प्रणालीमार्फत चिनियाँ सैन्य उपकरण स्विडेनी निगरानी विमानसहित जोडिएर जे–१० जेटले टाढाबाटै राडार सूचना पाउने व्यवस्था थियो, जसले चिनियाँ विमानलाई अदृश्य रूपमा उड्न सक्षम बनायो । भारत पनि यस्तै प्रणाली बनाउने प्रयासमा छ, तर विविध मुलुकबाट खरिद गरिएका उपकरणले प्रक्रिया जटिल बनाएको छ । 

७ मेको सुरुवाती घण्टामा भारतले पाकिस्तानको कथित ‘आतंकवादी पूर्वाधार’माथि आक्रमण गरेपछि वायुसेनाप्रमुख सिद्दुले स्क्वाड्रनहरूलाई प्रतिरक्षाबाट आक्रमण मोडमा जान आदेश दिए । पाँच पाकिस्तानी अधिकारीका अनुसार भारतले करिब ७० जहाज परिचालन गर्‍यो, जसले पिएल–१५ क्षेप्यास्त्रहरूलाई धेरै लक्ष्य उपलब्ध गरायो । भारतले भने जहाजको संख्या सार्वजनिक गरेको छैन ।

बागवेलका अनुसार, यो आधुनिक युगको पहिलो ठुलो हवाई संघर्ष थियो, जहाँ दुवै पक्षका विमानमार्फत आफ्नै हवाई क्षेत्रमा रहेर प्रत्यक्ष दृश्यविना नै प्रहार गर्न सक्ने हतियार प्रयोग गरिए । पाँच पाकिस्तानी अधिकारीले भारतका सेन्सर र सञ्चार प्रणालीमाथिको इलेक्ट्रोनिक हमलाले रफाल पाइलटहरूको ‘परिस्थिति–सचेतना’ घटाएको बताए । तर, भारतीय अधिकारीले रफाल अन्धा नभएको र स्याटेलाइटमा जाम नपरेको दाबी गरे, यद्यपि सुखोई प्रणालीमा बाधा परेको स्विकारे ।

अन्य भारतीय अधिकारीले रफालको सट्टा राजनीतिक निर्देशनतर्फ ध्यान दिन आग्रह गरे । जकर्तास्थित भारतका रक्षा सहचारीले केही विमान गुमाउनुको कारण पाकिस्तानको सैन्य संरचनामाथि आक्रमण नगर्न दिइएको राजनीतिक सीमितता रहेको बताए । भारतका रक्षाप्रमुख जनरल अनिल चौहानले प्रारम्भिक क्षतिपछि रणनीति तुरुन्त सुधारिएको बताएका थिए ।

हवाई संघर्षपछि भारतले पाकिस्तानी सैन्य पूर्वाधारमाथि लक्षित आक्रमण सुरु गर्‍यो । दुवै पक्षका अधिकारीका अनुसार भारतको ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलले पटक–पटक पाकिस्तानको हवाई रक्षा प्रणालीलाई लक्षित ग¥यो । १० मेमा भारतले पाकिस्तानका कम्तीमा नौ हवाई अखडा र राडार साइटहरूमा प्रहार गरेको र दक्षिणी पाकिस्तानमा रहेको एक निगरानी विमान पनि क्षतिग्रस्त बनाएको दाबी गर्‍यो । सोही दिन अमेरिकी मध्यस्थतामा युद्धविराम घोषणा गरिएको थियो ।

भारतका उपसेनापति लेफ्टिनेन्ट जनरल राहुल सिंहले पाकिस्तानले युद्धका क्रममा चीनबाट रडार र उपग्रहमार्फत ‘प्रत्यक्ष जानकारी’ (लाइभ इन्पुट्स) पाएको आरोप लगाए, तर प्रमाण प्रस्तुत गरेनन् । र, इस्लामाबादले आरोप अस्वीकार ग¥यो । जुलाईमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीन–पाकिस्तान सैन्य सहकार्य नियमित प्रकृतिको भएको र तेस्रो पक्षलाई लक्षित नगरेको बताइन् । पाकिस्तानी वायुसेनाका दुई अधिकारीका अनुसार, सोही महिनामा चीनका वायुसेना प्रमुख वाङ गाङ पाकिस्तान आएर रफालमाथिको ‘किल चेन’ बनाउने प्रक्रियाबारे छलफल गरेका थिए । पाकिस्तान सेनाले वाङले युद्ध अनुभवबाट सिक्ने गहिरो रुचि व्यक्त गरेको बताएको छ ।
(रोयटर्सबाट)