मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Saturday, 02 August, 2025
२o८२ श्रावण १६ शुक्रबार १८:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङको गल्छीमा ट्यांकरले दुई गाडीमा ठक्कर दिँदा सातजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार १८:३४:oo

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका– ४, बेल्खुमा ट्यांकरले दुई सवारीसाधनलाई ठक्कर दिँदा सातजना घाइते भएका छन्।

चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ८१७५ नम्बरको माइक्रोबस र बागमती प्रदेश ०१–०३२ च ०१४८ नम्बरको गाडीलाई काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना.७ख २८२७ नम्बरको ट्यांकरले ठक्कर दिँदा सातजना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक हमालका अनुसार माइक्रोमा सवार १३ जनामध्ये सातजना घाइते भएका छन्। घाइते हुनेहरूमा चन्दा गौतम, भीमकुमारी भट्ट, शारदा परियार, सन्दीप सुनार, सिर्जना पचभैया, जमुना पचभैया र धनबहादुर खड्का रहेका छन्। तीनजनाको अवस्था गम्भीर छ भने चारजनाको अवस्था मध्यम रहेको छ।

घाइतेहरूलाई प्रारम्भिक उपचारपछि काठमाडौं ट्रमा सेन्टर रिफर गरिएको छ। ट्यांकरचालक सतिश बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।