मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १६ शुक्रबार १५:३५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘जारी २’का तीन पोस्टर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार १५:३५:oo

कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको ब्ल्कबस्टर सिनेमा ‘जारी’को सिक्वेल ‘जारी २’ले तीन पोस्टरसँगै आफ्नो रिलिज मिति सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरहरूअनुसार सिनेमा असोज ३ गते रिलिज हुनेछ।

आज सार्वजनिक भएका तीन पोस्टरमध्ये पहिलो पोस्टरमा सिनेमाका प्रमुख कलाकारहरू सबै अटाएका छन् भने बाँकी दुई पोस्टरमा सिनेमाका प्रमुख पात्र दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ। यी दुवै पोस्टरमा उनीहरूलाई खुसी मुद्रामा देख्न सकिन्छ, जसमा एक पोस्टरमा दयाले मस्तीपूर्वक च्याब्रुङ बजाइरहेको देख्न सकिन्छ भने मिरुनालाई परम्परागत लिम्बू पहिरनमा खुलेर मुस्कुराइरहेको देख्न सकिन्छ।

‘जारी–२ सङ अफ च्याब्रुङ’ भनिएको यस सिनेमाको अर्को पोस्टरमा दया र मिरुनालाई क्यामेराका लागि हँसिलो मुद्रामा पोज दिइरहेको देखिन्छ। कवि हुँदै सिनेमा लेखकको परिचय बनाउँदै सिनेमा निर्देशक भएका उपेन्द्र सुब्बा लिखित–निर्देशित सिनेमाको पहिलो पोस्टरमा दया र मिरुनाका अलावा बुद्धि तामाङ तथा विजय बराललाई अटाइएको छ। यसका साथै एउटी बालिका र मिरुनालाई अघि लगाएर आफू लठ्ठी टेक्दै, पछिल्तिर कोसेली बोकेका भरियासहित दयाहाङलाई देख्न सकिन्छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् । सिनेमामा दया, मिरुना, विजय तथा बुद्धिका अलावा ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, बेदना राई र सिर्जना निङलेखुको अभिनय रहेको छ।

२०८० सालको ब्लकबस्टर सिनेमा ‘जारी’ले नेपाली बक्स अफिसमा १७ करोडमाथिको व्यापार गरेको थियो । त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतीक्षित सिनेमाको सूचीमा राखिएको छ।