मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १८:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ऊर्जामन्त्री खड्काद्वारा सिसुवाखोलाको पक्की पुल उद्घाटन

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १८:१७:oo

अरुणपारिको दुर्गम भनेर चिनिने संखुवासभाको सिलिचोङ गाउँपालिका जोड्ने मोटरेबल पक्की पुलको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्घाटन गरेका छन्।

आज बिहीबार एक कार्यक्रमबिच मन्त्री खड्काले रिबन काटेर मोटरेबल पुलको उद्घाटन गरेका हुन्। पुल उद्घाटन गर्दै मन्त्री खड्काले पुल सञ्चालनमा आएसँगै दैनिक आवतजावतमा सहज हुने बताए।

सिलिचोङको आर्थिक विकासमा समेत पुलले सहजता थपेको उल्लेख गर्दै उनले यस क्षेत्रको विकासका लागि आफूले काम गरिरहेको बताए।

पुल निर्माण सम्पन्न भएपछि सदरमुकाम खाँदबारीदेखि सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कु आवतजावत गर्न सहज भएको छ। त्यसैगरी, सिलिचोङ गाउँपालिकाको वडा नं. १ र २ जोडिनुका साथै सोही पुल हुँदै भोजपुरको साल्पासिलिछो गाउँपालिकासमेत जोडिएको गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले बताए। अब यस क्षेत्रका कृषि उत्पादन बजारसम्म पुर्याउन सहज हुने उनको भनाइ छ। 

सिलिचोङ गाउँपालिकाको ४० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत गरी कुल चार करोड ६५ लाख रुपैयाँको लागतमा सिसुवाखोलामा ४५ मिटर लामो पक्की पुल निर्माण भएको हो। पुल निर्माणका लागि गाउँपालिकाले अम्बर–कुन्सालिङ कम्पनीसँग सम्झौता गरेको थियो। २०७९ वैशाख ११ गते सम्झौता भई ०८२ असार १५ गते निर्माण सम्पन्न भएको हो।