
सरकारले विश्व बैंकको १२० मिलियन अमेरिकी डलर (करिब १६ अर्ब ७४ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाका लागि उक्त सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो।
विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने ८६.७ मिलियन अमेरिकी डलरबराबरको छोटो अवधिको ऋण र ३३.३ मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण गरी १२० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको हो।