मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Thursday, 31 July, 2025
श्रवण थापा सर्लाही
२o८२ श्रावण १४ बुधबार १८:५७:oo
Read Time : < 1 मिनेट
समाचार

चन्द्रनगरमा घर भत्किएर किच्दा बालकको मृत्यु

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार १८:५७:oo

घर भत्किएर किच्दा सर्लाहीको चन्द्रनगरमा एक बालकको ज्यान गएको छ ।

चन्द्रनगर गाउँपालिका– ६ कामद टोलमा घर भत्किएर किच्दा सोही स्थान बस्ने गौतम माझीका ६ वर्षीय छोरा अरुण माझीको बुधबार मृत्यु भएको हो ।

प्रहरीका अनुसार दिउँसो ४ः३० बजेको समयमा नवीन सिंहको पुरानो दुईतले पक्की घर अचानक भत्किएको थियो । 

आँगनमा खेलिरहेका बालकलाई भत्किएको घरले किचेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । घटनालगत्तै स्थानीयले भत्किएको घरभित्र अन्य मानिसहसमेत पुरिएको आशंकासहित प्रहरीलाई खबर गरेका थिए । लगत्तै पुगेको प्रहरी टोलीले स्थानीय र जेसिबीको सहायतामा भग्नावशेष हटाएको छ । 

काठ, इँटा र माटोले बनेको उक्त पुरानो घर जीर्ण भएर लडेको हुन सक्ने प्रहरीको आशंका छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए । प्रहरीले बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवामा पुर्‍याएको छ ।