
बितेका २४ घण्टामा देशका विभिन्न भागबाट लागुपदार्थसहित २३ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरीका अनुसार काठमाडौं, ललितपुर, झापा, कैलाली, कञ्चनपुर, सप्तरी, कास्की, स्याङ्जा, सुनसरी र मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका- ८, अत्तरखेलबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुईजना, भद्रपुर नगरपालिका- ५ मेची पुलबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ बोकेका दुईजना, कञ्चनपुरको बेलौरी नगरपालिका- ६, नकैयाबाट दुईजना, कैलालीको धनगढी उपमहानगरपालिका- २ बाट दुईजना, धनगढी उपमहानगरपालिका- १४, खुटिया टोलबाट दुईजनालाई पक्राउ गरिएको हो ।
यसैगरी, सप्तरीको शम्भुनाथ नगरपालिका– ६, कठौना बस्ने २७ वर्षीय रामकुमार साहलाई दुई किलो २५ ग्राम गाँजासहित एकजना, ललितपुर, महालक्ष्मी नगरपालिका- १ इमाडोलबाट दुईजना, पोखरा महानगरपालिका- २ बागलुङ बसपार्कबाट एक, स्याङ्जा, गल्याङ नगरपालिका- १ राम्दीबाट एकजनालाई लागुऔषधसहित पक्राउ गरिएको जनाइएको छ ।
यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका- ७ किराँत चोकबाट सातजना, मकवानपुरको हेटौँडा उपमहानगरपालिका- १३ आदामारबाट एकजना पक्राउ परेका छन् ।