मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 30 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नीताको ‘सुखदुःख’मा मिथिला शर्माको इन्ट्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३९:oo

अभिनेत्री तथा निर्माता नीता ढुंगाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुखदुःख’मा मिथिला शर्मा अनुबन्ध भएकी छिन्। आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबिच कागजी सम्झौता भएको हो।

यसअघि यो फिल्मका लागि चर्चित भारतीय छायाकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुबन्ध भएका थिए। उनीहरूबाहेक यो फिल्मको मुख्य कलाकार को रहने हुन् भन्ने निर्माण पक्षले खुलाएको छैन। नीताले मुख्य कलाकारबारे केही सातापछि जानकारी दिने बताइन्।

नीता ढुंगानाको डेब्यु निर्देशन रहने फिल्ममा फिल्मको निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेलाई दिइएको छ। निर्देशक ढुंगानाले अन्य कलाकारहरूबारे जानकारी सार्वजनिक गरेकी छैनन्।

‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैँको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ। यो फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।