
वर्षाका कारण अवरुद्ध भएकोे सडक खुलाउन माग गर्दै स्थानीयले पुर्चौडी नगरपालिका– १० को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । पुर्चौडी नगरपालिका– १० विजयपुरदेखि दोगडाकेदार हुँदै जिल्ला सदरमुकाम जोड्ने प्रमुख सडकखण्ड पहिरोको जोखिममा परेपछि स्थानीयले वडा कार्यालयमा पहिरो पन्छाउन माग गर्दै वडा कार्यालयमा ताला लगाएका सोही वडाका अम्मर महराले बताए।
उक्त सडकखण्डको भङाड बस्तीमा पहिरो खस्दा ६ वटा घर जोखिममा छन् । बितेका १३ दिनसम्म पनि पहिरो पन्छाउने प्रयास नभएकाले आफूहरू ताला लगाउन बाध्य भएको उनले बताए । यसैबिच, वडाध्यक्ष हिक्मतबहादुर विष्टले मेसिन बिग्रेका कारण पहिरो पन्छाउन विलम्ब भएको बताए ।