मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
२o८२ श्रावण १३ मंगलबार १३:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती कांग्रेस संसदीय दलको बैठक सुरु, मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार १३:१o:oo

बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक आज सुरु भएको छ । प्रदेशका मुख्यमन्त्री तथा दलका नेता बहादुरसिंह लामाविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको हो ।

बैठकमा कांग्रेस केन्द्रबाट पठाइएको प्रतिनिधिमण्डलको तर्फबाट राजन केसीको उपस्थिति रहेको छ । बैठकको प्रारम्भमै केसीको उपस्थितिका लागि पठाइएको केन्द्रीय पत्र पढेर सुनाइएको थियो । त्यसपछि मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बैठकमा पढेर सुनाइएको बैठकमा रहेका एक सदस्यले जानकारी दिए।

प्रस्तावमाथि पक्ष र विपक्षमा मतविभाजन गरी सनाखत प्रक्रिया अघि बढाइएको छ। कांग्रेस संसदीय दलमा उत्पन्न विवाद समाधान गर्न केन्द्रको निर्देशनमा आजको बैठक निर्णायक हुने विश्वास गरिएको छ ।

मुख्यमन्त्री लामाविरुद्ध दलका २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । लामाले भने आफूविरुद्धको प्रस्तावलाई असंवैधानिक र राजनीतिक पूर्वाग्रही रहेकाे भन्दै सामना गर्ने बताउँदै आएका छन् ।