मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 29 July, 2025
Invalid date format o९:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले १५ साउनमा विश्वासको मत लिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४o:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले १५ साउनमा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । सोमबार बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहले विश्वासको मत लिने निर्णय गरेको हो । 

संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले दलको निर्णयपछि सो दिन प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको बताए ।

मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि १५ साउन अपराह्न ५ बजे प्रदेश सभा बैठक बोलाउन सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका धामीले बताए । आफ्नो पार्टीका मन्त्रीलाई मुख्यमन्त्रीले बर्खास्त गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले गत २० असारमा समर्थन फिर्ता लिएको थियो ।