मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 29 July, 2025
Invalid date format o७:१५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इंग्ल्यान्डले रक्षा गर्‍यो युरोकप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:१५:oo
  • साबिक विजेता इंग्ल्यान्डले युरो २०२५ को फाइनलमा विश्व च्याम्पियन स्पेनलाई टाइब्रेकरमा ३–१ ले पछि पार्‍यो

इंग्ल्यान्डको राष्ट्रिय महिला फुटबल टोलीले युरोकप २०२५ को उपाधि रक्षा गरेको छ । स्विट्जरल्यान्डमा आइतबार राति स्पेनलाई टाइब्रेकरमा ३–१ ले हराउँदै इंग्ल्यान्डले लगातार दोस्रोपटक उपाधि हात पारेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै पक्षबाट १–१ को बराबरी नतिजा निकालेका थिए । त्यसपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा सानदार प्रदर्शन गरेको इंग्ल्यान्डले पहिलोपटक विदेशी भूमिमा ठुलो उपाधि हात पार्‍यो । 

टाइब्रेकरमा स्पेनको दुई प्रहार इंग्ल्यान्डकी गोलरक्षक हाना हाम्पटनले बचाएकी थिइन् । उनले मरिओना काल्देन्ते र आइताना बोनमाटीका पेनाल्टी रोकिन् । सन् २०२२ मा इंग्ल्यान्डको विम्बली रंगशालामा पहिलोपटक उपाधि जित्दा क्लोई केजीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । यसपटक पनि उनले फाइनलसम्म प्रेरणादायी प्रदर्शन गरिन् । स्पेनविरुद्धको उपाधि भिडन्तमा उनी फेरि नायिका बनिन् । 

उनले निर्णायक टाइब्रेकर प्रहार गर्दै इंग्ल्यान्डको जित पक्का गरिन् । स्पेनका खेलाडीले लगातार तीन असफल पेनाल्टी प्रहार गरेका थिए । इंग्ल्यान्डको फुटबल इतिहासमा पहिलोपटक विदेशी भूमिमा ठुलो उपाधि हात पारेको हो । प्रशिक्षक सरिना बिगम्यानले दुई फरक राष्ट्रबाट तीन युरोपेली जित्ने कीर्तिमान रचिन् ।

पहिलो हाफमा स्पेन अगाडि
विश्व च्याम्पियन टोली स्पेनले पहिलो हाफमा इंग्ल्यान्डमाथि दबाब बनाएको थियो । इंग्ल्यान्ड खेलमा फर्कने प्रयास गरिरहेको थियो । खेलको २५औँ मिनेटमा स्पेनले १–० को अग्रता बनायो । स्पेनकी मारिओनाले डिबक्सभित्र हेडिङ गोल गरेकी थिइन् । पहिलो हाफमा इंग्ल्यान्डको बराबरी गोल फर्काउने प्रयास सफल भएन । मध्यान्तरपछि इंग्ल्यान्डले पुनरागमन गर्‍यो । खेलको ५७औँ मिनेटमा अलेसिया रुसोले इंग्ल्यान्डलाई १–१ को बराबरीमा पुर्‍याइन् । 

युरो २०२५ मा इंग्ल्यान्डले चौथोपटक उत्कृष्ट पुनरागमन गरेको हो । फाइनलअघि इंग्ल्यान्डले तीन नकआउट खेलमा सुरुवातीमा पछाडि परेको थियो । प्रिक्वार्टरफाइनल, क्वार्टरफाइनल र सेमिफाइनलमा इंग्ल्यान्डले उत्कृष्ट पुनरागमन गरेको थियो । इंग्ल्यान्डको सुरुवाती लरेन जेम्सको स्थानमा केली मैदानमा प्रवेश गरेकी थिइन् । उनले मिडफिल्डमा राम्रो पकड जमाउँदै स्पेनमाथि दबाब राखिन् । अलेसियाले बराबरी गोल फर्काउँदा उनकै क्रममा रह्यो । 

इंग्ल्यान्डकी प्रशिक्षक सरिनाले यसअघि सन् २०१७ र २०२२ मा उपाधि जितेकी थिइन् । उनले युरो जित्दा आफूलाई विश्वास नलागेको बताइन् । ‘म आफैँलाई पनि विश्वास लागेको छैन । यो कसरी सम्भव भयो,’ उनले भने, ‘हामीले प्रतियोगितामा अविस्मरणीय रूपमा उत्कृष्ट पुनरामगन गरेका छौँ ।’