मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तरकारी बजारबाट सुनको सिक्री लुटपाट, दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:o२:oo

काठमाडौं महानगरपालिका–१६, माछापोखरीमा सुनको सिक्री चोरी गरेको अभियोगमा प्रहरी वृत्त बालाजुले दुईजनालाई पक्राउ गरेको छ।

काठमाडौं– २६, सामाखुसी टाउन प्लानिङकी ५१ वर्षीया लक्ष्मी घिमिरेको चार लाख ३८ हजारबराबरको सुनको सिक्री लुटपाट गरी भागेको अभियोगमा तारकेश्वर नगरपालिका– ८, जरंखु बस्ने २१ वर्षका कौशल बस्नेत र २६ वर्षका मिलन तामाङ पक्राउ परेका हुन्।

शनिबार साढे सात बजेतिर माछापोखरी पुल र गुणस्तर विभागनजिकै रहेको सार्वजनिक शौचालयको बिचमा लागेको तरकारी बजारमा तरकारी किन्ने क्रममा लक्ष्मीको २ तोला २५ लालको सुनको सिक्री लुटपाट भएको थियो।

खोजतलासका क्रममा साढे १२ बजेतिर माछापोखरी कुमारीस्थान मन्दिर नजिकबाट लुटपाट भए‌को समानसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।