मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ९ शुक्रबार
  • Saturday, 26 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ९ शुक्रबार o८:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्व सेपाकताक्रोमा नेपालले जित्यो स्वर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ९ शुक्रबार o८:२२:oo

नेपालले ३८औँ आइएसटिएफ विश्व च्याम्पियनसिपमा बिहीबार समान एक स्वर्ण र रजत जितेको छ । नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङले जानकारी दिएका छन् । 

मिक्स क्वाडमा रोशन तामाङ (कप्तान), सुमित्रा डंगोल, निरु थापामगर, पदम ठाडामगर र राजन नेपालीले प्रतिस्पर्धा गरेका थिए । चाइनिज ताइपेईले रजत तथा बंगलादेशले कांस्य जितेका छन् ।

थाइल्यान्डमा भइरहेको प्रतियोगिताको रेगुमा रोशन, पदम र राजनसहित सुजन थिङ र सनम पुर्जामगरले खेलेका थिए । यस विधामा चाइनिज ताइपेईले स्वर्ण जित्यो ।