मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका दोधारा चाँदनी
Invalid date format १७:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाघ नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली परिचालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दोधारा चाँदनी
नयाँ पत्रिका
Invalid date format १७:२९:oo

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित उखुबारीमा बाघ देखिएपछि स्थानीय त्रसित बनेका छन्। 
    
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब १०० मिटरनजिकैको उखुबारीमा बाघ देखिएपछि स्थानीय त्रसित बनेको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष नारदसिंह अर्यालले जानकारी दिए। उनले आज बिहान करिब ७ बजेको समयमा उखुबारीमा बाघ देखिएको बताए। 

‘बिहानै उखुबारीमा देखिएको बाघ नियन्त्रणमा आउन सकेको छैन, स्थानीय त्रसित छन्,’ उनले भने, ‘अहिले निकुञ्जबाट हात्तीसहितको टोली आउँदै छ।’


निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले उक्त उखुबारीमा चितुवा हुन सक्ने प्रारम्भिक निष्कर्ष रहेको बताए।

‘हामीले कार्यालयबाट प्राविधिकसहित दुईवटा हात्तीसमेत उक्त क्षेत्रमा पठाएका छौँ,’ उनले भने, ‘बाघभन्दा पनि हामीले चितुवा भएको आशंका गरेका छौँ, नियन्त्रणमा लिने प्रयास भइरहेको छ।’ 


उनले निकुञ्ज कार्यालय र नेपाली सेनाको टोली उक्त क्षेत्रमा खटिएको बताए।