
नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले सोमबार आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ लोगोले लुम्बिनीको इतिहाससँगै राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गरेको टोलीले जनाएको छ ।
लुम्बिनीका अध्यक्ष ईश्वरबहादुर जिसीले नयाँ लोगोमा बुद्धको जन्मस्थल मायादेवी मन्दिर र अशोक स्तम्भअंकित भएको बताए । ‘नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीकजस्ता नेपाली पहिचान झल्काउने तत्व समावेश गरिएका छन्,’ उनले भने, ‘सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको कहिल्यै ननिभ्ने शान्तिदीपलाई प्रतिनिधित्व गरेको छ ।’ ०८१ मा स्थापना भएको लुम्बिनीले एनपिएलमा फेरि एकपटक उत्साहका साथ प्रस्तुत हुन तयार भएको उनले बताए ।